दफा
सूल्याङ्कनको चरण
कुनै योजना अन्तर्गतको कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्ने निकायले देहाय बमोजिम मूल्याङ्कन गर्नु वा गराउनु पर्नेछ:-
(क) कार्यक्रम तथा आयोजना सुरु गर्नुअघिकै अवस्थामा सोको औचित्य, सम्भावित असर र लाभ-लागतका आधारमा पूर्वमूल्याङ्कन,
(ख) कार्यक्रम तथा आयोजना कार्यान्वयनको अवस्थामा सोको प्रक्षेपित उपलब्धि, सान्दर्भिकता, सामाञ्जस्यता, प्रभावकारिता, कार्यदक्षता र दिगोपनाको आधारमा चालू मूल्याङ्कन,
(ग) कार्यक्रम तथा आयोजना सम्पन्न हुने समयमा वा सम्पन्न भइसकेपछि सोको: प्रक्षेपित उपलब्धि, सान्दर्भिकता, सामाञ्जस्यता, प्रभावकारिता, कार्यदक्षता र दिगोपनाको स्थिति समेत लेखाजोखा गरी सम्पन्न मूल्याङ्कन,
(घ) निर्धारित समयमा सम्पन्न हुन नसकेको वा न्यून प्रगति भएको योजनाको योजना परीक्षण मूल्याङ्कन, र
(ङ) कार्यक्रम तथा आयोजना सम्पन्न भई पूर्ण रुपमा सञ्चालनमा आएपछि सो कार्यक्रम तथा आयोजनाले अर्थतन्त्र वा जनजीवनमा पर्न गएको सकारात्मक वा नकारात्मक प्रभाव हेर्नका लागि सान्दर्भिकता, सामञ्जस्यता, प्रभावकारिता, कार्यदक्षता, दिगोपना तथा प्रभाव समेत हेर्ने गरी प्रभाव मूल्याङ्कन ।